युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण « Khabarhub

युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा मानवीय क्षति भने नभएको क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।

अलेक्जेन्डर बोगोमाजले टेलिग्राममा भनेका छन्, “युक्रेनी सेनाले ट्रुब्चेभ्स्की जिल्लामा राति आक्रमण गरेको छ । यस जिल्लाको प्रहरी चौकीमा एउटा ड्रोन ठोक्किएको थियो । आक्रमणबाट झ्याल र छानामा क्षति पुगेको छ तर कुनै हताहती भने भएको छैन ।”

मस्को र क्रिमिया प्रायद्वीपलाई लक्षित गरी युक्रेनी ड्रोन खसालिएको र यसले राजधानीका दुई कार्यालय टावरमा क्षति पुर्‍याउनुका साथै एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि उडान अवरूद्ध भएकोे रूसले जनाएको छ ।

मस्कोलाई लक्षित गरी बनाइएको एउटा ड्रोन शहरको बाहिरी इलाकामा खसालेको र अन्य दुई ड्रोनलाई ‘इलेक्ट्रोनिक वारफेयरले दबाएर’ कार्यालय परिसरमा खसालेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर (३१० माइल) टाढा रहेको मस्को र यसको वरपरको इलाकालाई युक्रेनमा जारी द्वन्द्वका बेला यस वर्ष कैयौँ ड्रोन आक्रमण भए पनि यसले कमै मात्रमा मानवीय निशाना बनाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै