व्यासमा विपन्न वर्गका व्यक्तिले घर बनाउँदा नक्सा निःशुल्क « Khabarhub

व्यासमा विपन्न वर्गका व्यक्तिले घर बनाउँदा नक्सा निःशुल्क


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ। उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरीरहेको नगरपालिकाले जनाएको छ । नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए ।

नागरिकलाई पक्की घर बनाउन आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने व्यवस्था  छ । निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्नवर्गले घर बनाउन सिफारिस लिएर आए निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरिएको उनले बताए । वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उनीहरूले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौँ । उनले भने, ‘दुई, तीन र चार कोठे घरका लागि विभिन्न आठ किसिमका मोडल रहेको छ ।’ 

कतिपय नागरिकले नक्सा बनाउन खर्च धेरै लाग्ने भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यता अन्त्य गर्न पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् ।

विभिन्न कन्सलटेन्सीले महँगो शुल्कमा घरको डिजाइन बनाइदिने गुनासो आएपछि नगरपालिकाले विपन्न वर्गका व्यक्तिका घरको नक्सा डिजाइन निःशुल्क गरिदिने गरेको उनको भनाइ थियो। घर नक्सा शाखा प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि आर्किटेक इन्जिनियरलाई खटाइएको बताए । पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउनेछ । उनले भने, ‘विपन्न व्यक्तिले पक्की घर बनाउन चाहेमा घरनक्सा निःशुल्क निर्माण गरिदिने गरेका छौँ ।’

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : १९ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला