सुर्खेतका स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव « Khabarhub

सुर्खेतका स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा- अपाङ्गता भएका व्यक्तिले सुर्खेतका स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई अपाङ्गतामैत्री बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रमका सहभागी सिम्ता गाउँपालिकाका ऐनबहादुर विकले अपाङ्गता भएका व्यक्तिले सहज रुपमा सार्वजनिक निकायबाट सेवा पाउने वातावरण बनाउनुपर्ने माग गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि यसप्रति गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

योगेन्द्र शाहीले ‘ब्रेललिपी’ मार्फत जिज्ञासा राख्दै पालिकामा बन्दै गरेका भौतिक संरचना अपाङ्गमैत्री भए/नभएकोबारे अनुगमन गर्नुपर्ने भन्दै अहिले अनुगमन गरिएको छ ? भनी प्रश्न गरे । उनले स्थानीय सरकारले गरिरहेका कामको अनुगमन गरे प्रभावकारी नतिजा पाउन सकिने विचार राखे । रुविन शाहीले सार्वजनिक निकाय अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्ति सेवा लिन आउँदा समस्या हुने गरेको बताए ।

गाउँपालिकामा डिजिटल नागरिक वडापत्र राखिएको भन्दै उनले पालिकाले उपलब्ध गराउने सेवालाई अडियोमार्फत जानकारी दिने व्यवस्था मिलाइदिन आग्रह गरे । “अहिले डिजिटल बोर्डको व्यवस्था गरिएको छ, यो राम्रो पक्ष हो”, शाहीले भने, “दृष्टिविहीनको सहजताका लागि यहाँबाट उपलब्ध गरिने सेवाका बारेमा अडियोमार्फत जानकारी दिने  व्यवस्था गरिदिन म अनुरोध गर्दछु ।”

स्थानीय वीरेन्द्र ओलीले पालिकामा अपाङ्गतामैत्री शौचालय नभएको भन्दै त्यतातर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रमका सहभागीले पालिकाभित्र सबै अपाङ्गता भएका व्यक्तीले परिचयपत्र नपाएको भन्दै यस विषयमा गम्भीर भएर काम गर्न पालिका तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले पालिकाबाट उपलब्ध हुने सेवालाई अपाङ्गमैत्री बनाउने प्रयास गरिएको भन्दै डिजिटल बोर्डमा अडियोको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

“हामीले अहिले सबै सेवा डिजिटल बोर्डमार्फत जानकारी दिइरहेका छौँ”, उनले भने, “त्यसमा अडियो राख्न मिल्छ भन्ने लागेको छ । आगामी दिनमा अडियोको व्यवस्था पनि गर्नेछौँ ।” गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रुपमा मजबुत बनाउने गरी पालिकाले योजना बनाइरहेको जानकारी दिँदै अब पालिकाभित्र बन्ने हरेक भवन अपाङ्गतामैत्री हुने बताइन् ।

“यसअघि के भयो भन्दा पनि अब यहाँ बन्ने हरेक सार्वजनिक भवन अपाङ्गमैत्री बनाउने छौँ”, उनले भनिन्, “हामी निर्वाचित भएर आएपछि बनिरहेका भौतिक संरचना अपाङ्गमैत्री नै बनिरहेका छन् ।” अन्य सेवालाई पनि अपाङ्गमैत्री बनाइने उनको भनाइ थियो । विसं २०७८ को जनगणनाअनुसार सिम्ता गाउँपालिकामा पाँच सय ७२ अपाङ्गता भएका व्यक्ति छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : २३ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको