हत्यामा संलग्न भएको आरोपमा चार पक्राउ « Khabarhub

हत्यामा संलग्न भएको आरोपमा चार पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलाली लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले निजकी सौतासहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप चन्दले रावलको हत्यामा संलग्न भएको आरोपमा सरिता रावल, मृतककी सौता गोमा रावल, सौताका छोरा भरत रावल, छोरी वर्षा रावललाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार गोमा रावललाई दीपायल र बाँकी तीनलाई धनगढीबाट पक्राउ गरिएको हो ।

गत जेठ २५ गतेदेखि बेपत्ता भएको मञ्जु रावललाई मोहन्याल गाउँपालिकाको बाँसबारी सामुदायिक वनको खोल्सामा आइतबार मृत फेला पारिएको थियो । मृतक रावलको हड्डी र कंकाल भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमानको निधनपछि दुई सौताबीच अंशबन्डाका विषयमा विवाद सुरु भएको थियो ।

विवादित जग्गा मृतक मञ्जुका नाममा थियो ।  मृतकका भाइ सुरेन्द्र कार्कीले दिदी मञ्जुलाई बेपत्ता परेको भन्दै गोमा रावल, भरत रावल र अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–६ का सरिता रावल समेतको नाममा किटानी जाहेरी दिएका थिए । साथै मृतकका छोरा विवेक रावलले यही असार १ गते आमा मञ्जुको खोजतलास गरी पाउँ भनी इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।

मृतक मञ्जुको श्रीमान् जनक रावलसँग २०७६ असारमा सम्बन्धविच्छेद भएको थियो भने अर्को वर्षको चैतमा जनक रावलको निधन भएको थियो । श्रीमानको मृत्युपछि दुवै सौताले वडा कार्यालयमा मृत्यु दर्ता गराएका थिए ।

सम्बन्धविच्छेदपछि मृतक मञ्जुले मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको महलमा झुठा विवरण राखेर आफ्नो नाम राखेपछि निजको सौता गोमाले मञ्जुको नाम हटाई पाउँ भनी निवेदन दिएकी थिइन् । झुठो विवरण पेस गरी मृत्यु दर्ता गरिएको कसुरमा मञ्जुमाथि मुद्दा चलेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : २९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी