बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु « Khabarhub

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै उक्त अभियान शुभारम्भ गरेका हुन् । उनले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गर्नका लागि चालु आर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए । 

उपमहानगरप्रमुख पाण्डेले बुटवल बजार क्षेत्रलाई उपयुक्त पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको जानकारी गराए। 

उनले हरियाली र उज्यालो सहर बनाउन  आर्थिक वर्ष २०८०-८१ का लागि पर्याप्त बजेट विनियोजन गरिएको र यसअन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यका लागि रु एक करोड ९० लाख र एक घर तीन रुख कार्यक्रमका लागि रु १२ लाख छुट्याइएको छ भने।  

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली एक हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका तीन-तीन सय बिरुवा रोपिनेछ । त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका एक सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताए । 

यस्तै यही २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा बिरुवा संरक्षण, सौन्दर्यीकरण गर्नाका साथै  बाँकी क्षेत्रमा पनि उक्त अभियानलाई निरन्तरता दिइने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

सरसफाइ तथा वृक्षरोपणमा   उपमहानगरका जनप्रतिनिधि,  कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक सङ्घसंस्था, राजनीतिक दल, स्वयंसेवी संस्था, क्लबका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ३ : ५५ बजे

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार

रास्वपा केन्द्रीय समिति बैठक जारी, महाधिवेशनको समीक्षादेखि आगामी अभियानबारे छलफल हुँदै

काठमाडौं– रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

भद्रपुर– झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो