पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्ने १४ वर्षीया बालिकालाई यातना दिइएको खुलासा | Khabarhub Khabarhub

पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्ने १४ वर्षीया बालिकालाई यातना दिइएको खुलासा


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा न्यायाधीशको घरमा काम गर्दै आएकी १४ वर्षे नाबालिगलाई यातना दिइएको घटना सार्वजनिक भएको छ । घटना पाकिस्तानको सरगोधा क्षेत्रमा भएको हो ।

पाकिस्तान पाकिस्तानी समाचार संस्था जियो न्युजका अनुसार न्यायाधीश असिम हफिजको घरमा काम गर्दै आएकी १४ वर्षीया बालिकालाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएको हो ।

ती नाबालिगलाई न्यायाधीशकी श्रीमतीले यातना दिएको र दुर्व्यवहार गरेको जनाइएको छ । पीडितका अभिभावकका अनुसार गहना चोरी गरेको आरोपमा न्यायाधीशकी श्रीमतीले ती नाबालिगलाई मुङ्ग्रोले कुटपिट गरेकी थिइन् ।

कुटपिटपछि अवस्था गम्भीर भएपछि न्यायाधीशकी श्रीमतीले पीडितलाई उनकै अभिभावकको घरअघि लगेर छाडेकी थिइन् । कुटपिटबाट घाइते भएकी नाबालिगलाई अस्पताल भर्ना गरिएको छ ।

ती नाबालिगलाई घरेलु कामदारका रुपमा न्यायाधीशको घरमा पठाएको आरोपमा प्रहरीले मुख्तार नाम गरेका एक जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : १५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग