धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। आइतबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। 

धनगढी उपमहानगरपालिका-२ का २७ वर्षीय योगेश कुँवर र वडा नम्बर १ का २६ वर्षीय कुनाल खड्कालाई ३ सय ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट पक्राउ परेका छन्।

जोशिपुर गाउँपालिका-६ सिमरीका १९ वर्षीय अर्जुन बडायक ३ सय मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका-७ का २० वर्षीय रामसुरेश चौधरी १ ग्राम लागूऔषधसहित भजनी नगरपालिका-५ कव्वाखेडा घाटबाट पक्राउ परेका छन्। त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ चम्मन चौराहाबाट पनि लागूऔषधसहित थप एक जना पक्राउ परेका छन्।

एक सय मिलिग्राम लागूऔषधसहित कृष्णपुर नगरपालिका-७ सिगलपट्टीका २४ वर्षीय विकास विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाबाट खटिएको संयुक्त टोलीले से. ५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ५ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको