आउँदो शुक्रबारदेखि चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने | Khabarhub Khabarhub

आउँदो शुक्रबारदेखि चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो शुक्रबार साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविण खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराए ।

अभिनेता अग्रहरीले चलचित्रको छायांकन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने, ‘हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनेछन्। मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।’ 

यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए। ‘हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हामीले छायांकनको समयमा ‘ए’ नाम राखेका थियौँ, पछि ‘अदृश्य’ बनाएका हौँ’, उनले भने । 

चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतले समेत अभिनय गरेका छन् । 

यसमा राकेश रनपालले कथा लेखन, आकाश उखेडाले पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुले छायांकन, विशाल पौडेलले संगीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन, मुकेश शाहले पाश्र्व संगीत सिर्जना, निशान घिमिरेले रङ्ग संयोजन गरेका छन् । 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ५ : ५८ बजे

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका