पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यो ३५ दिन « Khabarhub

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यो ३५ दिन


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।

बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।

महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए।

 यहीबीच राप्रपाले समय माग गरेको हो।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : १९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४