मृतक क्षेत्रीको मलेसियामै अन्त्येष्टि  « Khabarhub

मृतक क्षेत्रीको मलेसियामै अन्त्येष्टि 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीको सिलसिलामा दुई दशक भन्दाबढी मलेसिया पुगेका रूपन्देहीका भरत बहादुर क्षेत्रीको मलेसियामा नै मृत्यु भए पश्चात आइतबार मलेसियाको पेनाङ्गमा अन्तिम संस्कार गरिएको छ ।       

रोजगारीका लागि मलेसिया पुगेका उनी विगत १९-२० वर्ष अगाडि देखि नै परिवार र आफन्तहरूसँग सम्पर्क विहीन रहेको जनउद्धार केन्द्र मलेसिया जनाएको छ । गत डिसेम्बर २२ मा मृत्यु भएका उनको पार्थिव शरीर लामो समयदेखि त्यहाँको पेराक राज्यको इपो शहरस्थित एक अस्पतालमा बेवारिसे अवस्थामा थियो ।

अस्पताल प्रशासन, नेपाली दूतावास र जनउद्धार केन्द्रको अथक प्रयासमा परिवार सम्पर्कमा ल्याएर परिवारको अनुमति तथा दूतावासको स्वीकृती पछि जनउद्धार केन्द्र मलेसियाले सम्पूर्ण व्यवस्थापन सहित अन्तिम संस्कार गरिएको केन्द्रका अध्यक्ष किशु थापाले जानकारी दिए ।

अन्तिम संस्कार कार्यमा लागेको सम्पूर्ण खर्च समेत जनउद्धार केन्द्रले व्यवस्थापन गरेको जनाएको छ । अवैधानिक रुपमा बसोबास गर्दै आएको , लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नरहेको र साथमा कुनै परिचय खुल्ने कागजात नभेटिएको हुँदा शवको पहिचान गर्न डिएनए परिक्षण समेत गर्नुपरेको थियो ।

विद्धुतिय शवदाह गृहमा अन्तिम संस्कार गर्ने बेला उनका परिवार र आफन्त भिडियो कल मार्फत जोडिएर सहभागिता जनाएको अध्यक्ष थापाले बताए । 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : ३९ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर