मृतक क्षेत्रीको मलेसियामै अन्त्येष्टि  | Khabarhub Khabarhub

मृतक क्षेत्रीको मलेसियामै अन्त्येष्टि 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीको सिलसिलामा दुई दशक भन्दाबढी मलेसिया पुगेका रूपन्देहीका भरत बहादुर क्षेत्रीको मलेसियामा नै मृत्यु भए पश्चात आइतबार मलेसियाको पेनाङ्गमा अन्तिम संस्कार गरिएको छ ।       

रोजगारीका लागि मलेसिया पुगेका उनी विगत १९-२० वर्ष अगाडि देखि नै परिवार र आफन्तहरूसँग सम्पर्क विहीन रहेको जनउद्धार केन्द्र मलेसिया जनाएको छ । गत डिसेम्बर २२ मा मृत्यु भएका उनको पार्थिव शरीर लामो समयदेखि त्यहाँको पेराक राज्यको इपो शहरस्थित एक अस्पतालमा बेवारिसे अवस्थामा थियो ।

अस्पताल प्रशासन, नेपाली दूतावास र जनउद्धार केन्द्रको अथक प्रयासमा परिवार सम्पर्कमा ल्याएर परिवारको अनुमति तथा दूतावासको स्वीकृती पछि जनउद्धार केन्द्र मलेसियाले सम्पूर्ण व्यवस्थापन सहित अन्तिम संस्कार गरिएको केन्द्रका अध्यक्ष किशु थापाले जानकारी दिए ।

अन्तिम संस्कार कार्यमा लागेको सम्पूर्ण खर्च समेत जनउद्धार केन्द्रले व्यवस्थापन गरेको जनाएको छ । अवैधानिक रुपमा बसोबास गर्दै आएको , लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नरहेको र साथमा कुनै परिचय खुल्ने कागजात नभेटिएको हुँदा शवको पहिचान गर्न डिएनए परिक्षण समेत गर्नुपरेको थियो ।

विद्धुतिय शवदाह गृहमा अन्तिम संस्कार गर्ने बेला उनका परिवार र आफन्त भिडियो कल मार्फत जोडिएर सहभागिता जनाएको अध्यक्ष थापाले बताए । 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : ३९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग