लम्पी स्किनबाट मधेशमा दुई हजार बढि गाईवस्तुको मृत्यु « Khabarhub

लम्पी स्किनबाट मधेशमा दुई हजार बढि गाईवस्तुको मृत्यु


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

धनुषा – लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो ।

जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार बढि गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरियो । मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी एक हजार एक सय १८ पशु मरेका छन् भने पर्सामा सबैभन्दा कम दुई वटा मरेका छन् ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई÷गोरु मरेका छन् । मरेका दुई हजार २५ पशुमध्ये भैँसी÷राँगा मात्र छ वटा छन् र दुई हजार १९ वटा गाई÷गोरु रहेका छन् । मधेस प्रदेशका आठवटै जिल्लामा हालसम्म ४५ हजार आठ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाइ सकिएको पशु अधिकृत चिकित्सक डा रञ्जितकुमार अधिकारीले बताए ।

अझै सप्तरी, सिरहा, महोत्तरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबैभन्दा बढी १२ हजार तीन सय २५ पशुलाई खोप लगाइएको छ । सोमबार रोग विरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ÷आठ हजारको दरले कूल ६४ हजार खोप पठाएको जानकारी दिए ।

मन्त्री न्यौपानेका अनुसार यस्ता महामारीको दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्नेछ । स्थानीय सरकारले रोग विरुद्वको खोप आफ्नो पहलमा लगाइरहेको भए पनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : १८ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर