सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री « Khabarhub

सार्वजनिक सवारी साधनमा गुणात्मक परिवर्तन गर्छौँ : प्रधानमन्त्री


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी साधनमा गुणात्मक र देखिनेगरी सुधार ल्याउन जरुरी रहेकाले त्यसका लागि सरकारले आवश्यक तयारी थालिसकेको बताए। त्यसका लागि ठूला बस सञ्चालनमा ल्याउनेगरी आवश्यक प्रबन्ध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालिसकेको उनले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परीक्षणकै रुपमा भए पनि ठूला बस ‘बिआरटी’ सञ्चालन गरेर यातायातको चाप कम गर्ने तयारी गरिएको बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी असोज १ गतेदेखि रत्नपार्क–सूर्यविनायक खण्डमा बिआरटी सञ्चालनको आवश्यक तयारी गरेको छ ।

मन्त्रालयले कार्यालय समयमा सहज रुपमा यात्रुलाई सेवा दिन सो बस चलाउने तयारी गरेको भए पनि प्रधानमन्त्री दाहालले कार्यालय समयभन्दा पछिको समयमा सो बस चलाएर परीक्षण गर्नसमेत सम्वद्ध अधिकारीलाई निर्देशन दिए ।

उनले त्यसका लागि आवश्यकपर्ने ट्राफिक सङ्केत, ट्राफिक प्रहरी परिचालन, जनचेतना तथा ट्राफिक बत्तीलगायतको प्रबन्ध गर्नसमेत आग्रह गरे। प्रधानमन्त्री दाहालले सडक सङ्केतको उचित प्रबन्ध गर्न पनि आग्रह गर्दै आवश्यक तयारी गरेर उपत्यकावासीलाई प्रत्यक्ष रुपमा राहत दिन जरुरी रहेको बताए ।

यस्तै, प्रधानमन्त्री दाहालले साझा यातायातले ल्याएको ४० वटा बस सञ्चालन गर्ने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिए । साझा यातायातले आयात गरेको विद्युतीय बस चार्जिङ स्टेशन नभएको भन्दै सञ्चालनमा ल्याउन सकेको छैन । साझा यातायाताको पुल्चोकस्थित जग्गामा कति सकिन्छ त्यति नै चार्जिङ स्टेशन निर्माणको प्रबन्ध गर्नेगरी सहजीकरण गर्नुपर्ने उनले जोड दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : ५४ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका