रहस्यमय चिनियाँ राजनीति : पदमुक्त विदेशमन्त्री छिन काङ कहाँ छन् ? | Khabarhub Khabarhub

रहस्यमय चिनियाँ राजनीति : पदमुक्त विदेशमन्त्री छिन काङ कहाँ छन् ?


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चिनियाँ राजनीतिको स्वभाव नै जटिल र रहस्यमय छ । चिनियाँ राजनीतिमा कहिले, कुन बेला के हुन्छ, धेरैका लागि अनुमान गर्न कठिन हुन्छ । हालै पदमुक्त गरिएका चिनियाँ विदेशमन्त्री छिन काङ एक महिनाभन्दा लामो समयदेखि बेपत्ता छन् । उनी कहाँ, के गर्दैछन्, यसबारे केही सार्वजनिक भएको छैन ।

गत जुन महिनाको मध्यतिर चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्रीसँग छिनले राजधानी बेइजिङमा उच्चस्तरीय वार्ता गरेका थिए । हाल छिनको स्थानमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिअन्तर्गत विदेश मामिला आयोगका निर्देशक वाङ यीलाई नयाँ विदेशमन्त्रीको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति सी जिन्पिङको नजिकका साझेदार ठानिने छिन चिनियाँ विदेश मामिलासम्बन्धी वृत्तमा पनि परिचित थिए । यसअघि उनी अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा रहेका थिए । अरु धेरै अनुभवी उम्मेदवार हुँदाहुँदै पनि गत वर्ष उनले विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्दा धेरैलाई आश्चर्य लागेको थियो । राष्ट्रपति सीनिकट भएकाले उनलाई विदेशमन्त्रीको जिम्मेवारी दिएको पनि धेरैको ठम्याइ थियो ।

यति हुँदाहुँदै एक जना लोकप्रिय टेलिभिजन प्रस्तोतासँग छिन प्रेम सम्बन्धमा रहेको नयाँ हल्ला फैलियो । यसपछि एक्कासी ती प्रस्तोता सामाजिक सञ्जालबाट गायब भइन् । यसले हल्लालाई थप बल पुर्‍यायो । यदी उनीहरुबीच प्रेम सम्बन्ध रहेको भएपनि यसलाई कुनै पनि अर्थमा गैरकानूनी भन्न मिल्दैन, तर कठोर अनुशासनका लागि चिनिने चिनियाँ कम्युनिष्ट पार्टीका लागि भने यो छिनको अनैतिक गल्ती हुन पुग्यो ।

उच्च तहमा रहेका  चिनियाँ अधिकारी वा सत्तारुढ कम्युनिष्ट पार्टीका पदाधिकारीहरु एक्कासी बेपत्ता भएर केही समयपछि पुनः देखा पर्नुलाई अनौठो मानिँदैन । केही समयअघि राष्ट्रपति सीका पूर्ववर्ती हु जिन्ताओलाई पार्टीको बैठकबाट जबरजस्ती बाहिर निकालिएको थियो । पछि उनी पूर्वराष्ट्रपति जियाङ जेमिनको अन्त्येष्टिमा देखा परेका थिए ।

त्यसैगरी, सन् २०२० को नोभेम्बर महिनामा चिनियाँ नियामकको आलोचना गरेपछि धनाढ्य अर्बपति ज्याक मा पनि एक्कासी गायब भएका थिए । उनी गायब भएपछि उनको कम्पनीको आईपीओ पनि रद्द भएको थियो । पछि उनी एकाएक सार्वजनिक कार्यक्रममा देखा परे । हाल उनी ‘लो प्रोफाइल’ मा छन् । केही समयअघि उनले नेपालको पनि भ्रमण गरेका थिए ।

छिनलाई पदबाट हटाएको समाचार सार्वजनिक हुनेबित्तिकै चिनियाँ सामाजिक सञ्जाल पनि उत्तिकै चनाखो भइहाले । चिनियाँ राज्यनियन्त्रित सञ्चार माध्यमले निकै सावधानीपूर्वक गढिएको भाष्य प्रस्तुत गरिरहेको अवस्थामा चिनियाँ सामाजिक सञ्जालमा छिनलाई पदमुक्त गरिएको भन्ने पोस्ट, ह्यासट्यागलगायत अन्य कन्टेन्टलाई भने दबाइएको थियो ।

अर्कोतर्फ, वाङलाई नयाँ विदेशमन्त्री बनाइएको भन्ने सामग्रीलाई भने छुट दिइएको थियो । यसबाट निश्चित भाष्य गढेर जनभावनाको निर्माण गर्न चिनियाँ कम्युनिष्ट पार्टी कुन तहसम्म पुग्छ भने स्पष्ट हुन्छ ।

उच्चपदस्थ अधिकारीहरु रहस्यमय ढंगले गायब हुने, अनुसन्धानमा तानिने र केही समयपछि देखा पर्ने घटनाक्रमले सीको नेतृत्वलाई लिएर अनिश्चय र भ्रम उत्पन्न हुन्छ । यस्ता घटनालाई गोप्य राख्ने प्रवृत्ति अपारदर्शीताले चिनियाँ नेतृत्वको उद्देश्य अझ धुमिल र अस्पष्ट हुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ०३ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप