चितवनमा दूधको माग घट्दो « Khabarhub

चितवनमा दूधको माग घट्दो


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा दूधको माग घट्दै गएको छ । उत्पादनअनुसार दूधको बिक्री नभएपछि यहाँका दुग्ध उत्पादक किसान तथा सहकारी चिन्तित बनेका छन् । पछिल्लो समय गाईभैँसीमा देखिएको लम्पी स्किन रोग लागेका पशुको दूध खान हुँदैन भन्ने हल्लाका कारण बजारमा दूधको माग घटेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार अहिले व्यवसायीले उत्पादन गरेको दूधसमेत बजारमा बिक्री हुन कठिन भएको छ । उनले भने, “पहिला पहिला दूध किन्नका लागि लाग्ने लाइन अहिले घटेको छ ।” डेरी र सहकारीमा पठाइएको दूधसमेत बिक्री हुन कठिन हुने गरेको उनले बताए।

“दूध किनेर खाने उपभोक्तालाई बजार हल्लाले छोएको छ, उनीहरू दूध किनेर खान शङ्का मानिरहेका छन्”, उनले भने, “लम्पी स्किका कारण नभई बजार हल्लाका कारण दूधको खपत घटेको हो ।”

दूधको खपत घटेपछि यसको प्रत्यक्ष मार किसानलाई परेको छ । दूधको मूल्यमा गिरावट ल्याउन खोज्नु, दुग्ध उद्योगले समयमा दूध नउठाउनु जस्ता प्रभाव विस्तारै पर्न थालेको बगालेले बताए । अहिले जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । बजारमा माग घट्दा व्यवसायी तथा दुग्ध उत्पादक किसान मारमा परेको बगालेले बताए ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोगका कारण दूध उत्पादन र उपभोगमा समेत प्रभाव परेको छ । सङ्क्रमित पशुबाट केही दिन केही मात्रामा उत्पादनमा कमी आउने गर्दछ । जिल्लामा लम्पी स्किन देखिए पनि दुग्ध उत्पादनमा खासै समस्या नभएको उनको भनाइ छ ।

उहाँले सङ्क्रमित पशुलाई समेत उपचार गरिएकाले दूधको प्रयोग गर्न समस्या नहुने बताए । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्याङ्क छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म एघार हजार एक सय ८५ पशुमा लम्पी स्किन देखिएको छ । यो रोगका कारण हालसम्म जिल्लामा दुई सय ८७ गाई मरेका छन् ।

सङ्क्रमण दर तीव्र भएका क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने कार्य भइरहेको डा आचार्यले बताए । हालसम्म १८ हजार पाँच सय ९० डोज खोप पशुमा लगाइएको आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ०१ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न