साउथ चाइना सी संसारको समुद्री मार्ग तथा समुद्री व्यापारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र। यस क्षेत्रमा लामो समयदेखि विवाद हुने गरेको छ।
वार्षिक ३ ट्रिलियन अमेरिकी डलर बराबरको सामग्री यहीँबाट पास हुने गरेका छन्। साउथ चाइनाको सिको उपयोग चिन मात्र नभई फिलिपिन्स, ताइवान र थाइल्यान्डसम्मका लागि महत्त्वपूर्ण छ।
समुद्री मार्ग मार्फत युरोप र एसिया प्रशान्त क्षेत्रलाई समेत जोड्ने यहाँको अधिकार क्षेत्रका बारे विगतमा भएका विभिन्न सम्झौता र संयुक्त राष्ट्र सङ्घको न्यायिक समितिले तय गरेका आधारलाई नै बे–वास्ता गर्दै चिनियाँ हस्तक्षेप र मनोमानी अझ बढेको छ।
११ बिलियन ब्यारेल तेल तथा १९० ट्रिलियन क्युबिक फिट ग्यास रहेको अनुमान गरिएको साउथ चाइना सीमा चीनले एकल स्वामित्व दाबी गरेपछि उसको अन्य छिमेकी देश ब्रुनाई, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, फिलिपिन्स, ताइवान र भियतनामसँग विवाद बढेको हो।
सन् १९७० देखि प्राकृतिक श्रोतका लागि परिचित स्प्राटली टापु लगायत स्थानमा विभिन्न देशले आफ्नो भएको दाबी गर्न थालेका हुन्।
अन्तर्राष्ट्रिय कानुन अनुसार यस्ता व्यापारिक स्थानमा सैन्य दस्ताको प्रवेश र सेनासँग सम्बन्धित विमान जाँचबुझका लागि उडान वर्जित छ।
संयुक्त राष्ट्र सङ्घको समुद्री कानुन सम्बन्धी बडापत्र ल अफ ल सिको (अनक्लोज)ले उल्लेख गरेका मापदण्डका विरुद्धमा चीन बारम्बार चलेको छ।
शक्तिकै आडमा अन्तर्राष्ट्रिय कानुनमाथि धावा बोलीरहेको छ। चीनले त्यस क्षेत्रमा सैन्य गतिविधि बढाउँदै लगेपछि अन्य देशले पनि यसमा चासो दिन थालेका छन्।
अमेरिकाले चीनले सैन्य गतिविधि गरेर गलत गरेको अवधारणा सार्वजनिक गरेको छ भने त्यस क्षेत्रमा प्रत्यक्ष नजोडिएको जापानले भूभागमा दाबी गर्ने फिलिपिन्स र भियतनामलाई सैन्य सामग्री उपलब्ध गराएको छ। अहिले त्यस क्षेत्र संसारकै गम्भीर क्षेत्र बनेको छ।
सन् २०१६ मा भएको संयुक्त राष्ट्र सङ्घको व्यापार तथा व्यवस्थापन सम्बन्धी सम्मेलनमा पेस गरिएको अनुसार संसारका २१ प्रतिशत नै व्यापार त्यसै पानीको माध्यमबाट हुने गरेको छ।
माछाको निमित्त चर्चित सो स्थान त्यस क्षेत्रका हजारौँको जीवन यापनको माध्यम पनि हो। अहिलेको मुख्य विवाद नाइन ड्यास लाइन र अन्य दाबी पनि हुन्।
चीनले स्वघोषित नाइन ड्यास लाइनको कुरा सहित त्यस क्षेत्रका धेरै स्थानमा दाबी गरी रहेको छ। यसले आफ्नो प्रान्त हैनानबाट पूर्वी र दक्षिणबाट सयौँ माइल लम्ब्याउँदै यो लाइनको सृजना गरेको छ। यसैको आधारमा आफ्नो भूमि भएको दाबी समेत गरेको छ।
चीनले यस विवादको सिर्जना पहिलो पटक सन् १९४७ मा गरेको हो। सो समयमा नै चीनले ऐतिहासिक किबदन्तीलाई आधार मान्दै पारासेल र स्प्राटली टापुलाई चीनको भूमि भएको जिकिर गरेको थियो। यस दाबीलाई ताइवानले अस्वीकार गरेको हो। ताइवानका असहमति अझै पनि कायम नै छ।
तर अन्य कुनै पनि निकाय तथा अन्तर्राष्ट्रिय समुदाय न त चीनले त्यस समयमा तयार पारेको नक्सालाई स्वीकार गर्न तयार छन्। न त त्यस लाइनलाई नै। यसमा अझ के पनि प्रष्ट छैन भने चीनले जमिनको भू–भागमा मात्र दाबी गरेको छ या समुद्री मार्गमा पनि दाबी गरेको छ भन्ने अस्पष्ट नै छ।
चीनको यो दाबीलाई भियतनामले अस्वीकार गरेको छ। भियतनामले सन् १९४० को दशक भन्दा अघि चीनले कहिले पनि टापुमाथि दाबा नगरेको तथा चीनको स्वामित्वमा रहेको कुनै आधार नभएको जनाउँदै आएको छ।
भियतनामले त त्यस पारासेल र स्प्राट्ली टापुमा १७ औं शताब्दीदेखि नै शासन गरेको ऐतिहासिक तथ्य भएको दाबी गरेको छ।
त्यस क्षेत्रको मुख्य दाबी गर्ने देश भने फिलिपिन्स हो। उसले यस टापु आफ्नो भएको दाबीसमेत अन्तर्राष्ट्रिय निकायलाई सहयोगका लागि आह्वानसमेत गरेको छ।
फिलिपिन्सबाट १ सय माइल टाढा रहेको तथा चीनबाट ५ सय माइल टाढा रहेको स्कारबोरोग सोलमा चीन र फिलिपिन्स दुवैले दाबी गरेका छन्।
त्यस क्षेत्रमा मलेसिया र ब्रुनाईलेसमेत दाबी गरेका छन्। यी सबै देशले राष्ट्र संघले समेत कुरालाई अस्वीकार गर्दै भएको गतिविधिले आफ्नो देशको अर्थतन्त्रलाई समेत असर गरेको जनाएको छ।
ब्रुनाईले कसैले पनि सैन्य गतिविधि गर्न नहुने कुरामा आफ्नै मत राखेका छ। परन्तु उसले कुनै टापुमा दाबी गरेको छैन। मलेसियाले पनि स्प्राट्लीमा दाबी गरेको छ।
अहिलेका केही महत्त्वपूर्ण विवाद भियतनाम र चीन तथा फिलिपिन्स र चीनकै बीचको तनावको कारण पनि हो।
सन् १९७० मा चीनले पारासेल टापुलाई ७० भन्दा बढी भियतनामी सेनाको हत्या गर्दै आफूले कब्जामा लिएको थियो।
सन् १९८८ मा स्प्राटलीमा चीन र भियतनामबीच झडप भएको थियो। सो झडपमा पनि भियतनाम कमजोर भएको थियो। त्यस समयमा पनि ६० भियतनामी सेनाले ज्यान गुमाएका थिए।
सन् २०१२ देखि चीन र फिलिपिन्सको बीचमा स्कारबोगारेग सोलमा विषयमा विवाद सुरु भएको थियो। सन् २०१२ मा भियतनाममा चिन विरोधी प्रदर्शन भएको थियो। सोही प्रदर्शनका कारण चिनिया जल सेनाले भियतनामी माथिको ज्यादती र आतङ्क पुरै बाहिर आउन बाँकी नै छ।
सन् २०१३ मा फिलिपिन्सले यस विषयमा संयुक्त राष्ट्र सङ्घको न्यायिक निकायमा अपिल गरेको थियो। सन् २०१४ मा चीनकै गतिविधिका कारण भियतनाम र चीन बीचमा फेरि विवाद बढेको थियो।
सन् २०१९ मा फिलिपीनो फिसिङ बोट त्यहाँ फसे पछि यसको आरोप चीनलाई लगाइएको थियो। २२ जना रहेको डुङ्गाको भियतनामको सहयोगमा उद्धार भएको हो।
सन् २०२३ मा चिनियाँहरुलाई फलिपिनो डुङ्गालाई बाटोमा अवरोध सिर्जना गरेका थिए।
यसको असर फिल्मी क्षेत्रमा पनि परेको छ। यस क्षेत्रमा दाबी गर्ने देशले यस विषयमा बनेका धरै फिल्म पनि बहिस्कार गरेका छन्।
भियतनामले पनि एउटा फिल्म नाइन डेट लाइनको विषय समावेश गरेका कारण प्रतिबन्ध लगाएको हो।
कोरियाको पप गीतको ब्यान्ड ब्ल्यान्क पिन्कले पनि त्यहाँ प्रतिबन्धको सामना गरेको थियो। उनीहरूको कन्सेप्ट प्रोमोटरको अनलाइनमा डेट लाइन सिको तस्बिर भएका कारण कोरियन ब्यान्डको प्रस्तुति रोकिएको हो।
विवादित भूमि चिनिया भूमिमा रहेको नक्सा सहितका दृश्य भएका धेरै फिल्म बहिस्का भएका छन्।
यी सबै समस्या समाधानका लागि चीन कुनै पनि देशसँग द्विपक्षीय वार्ता चाहन्छ। अन्य देश यसमा सन्तुष्ट छैनन्। सबै देशलाई एक्लाएर अनुकूल फाइदा लिने चिनियाँ दाउपेचमा कोही पनि पर्न चाहँदैनन्। सबै देशमा आसियनका राष्ट्रहरूको बिचमा वार्ता हुन सहमत छन्।
अहिले चीनको गतिविधि राष्ट्र सङ्घको मान्यतालाई नटेर्ने, क्षेत्रीय सङ्गठनलाई बेवास्ता गर्ने र छिमेकीमाथि यातना दिने क्रममा अगाडि छ। स्रोतः बीबीसी, सिएफआर डटओआरजी
प्रतिक्रिया