अमेरिकाका विभिन्न राज्य आँधीको चपेटामा, एकहजार बढी उडान रद्द | Khabarhub Khabarhub

अमेरिकाका विभिन्न राज्य आँधीको चपेटामा, एकहजार बढी उडान रद्द


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकाका धेरै क्षेत्र समुद्री आँधीको चपेटामा परेका छन् । इडालिया नामको आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ । 

आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरूमा पनि आँधीसहितको भारी वर्षा भएको छ ।

आँधी र वर्षाका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । यस्तै राष्ट्रपति जो बाइडेनका कार्यक्रमहरू पनि प्रभावित भएको ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपति बाइडेनले आँधी प्रभावित राज्यका गभर्नरहरुसंग टेलिफोनमा संवाद गरि आँधीबाट प्रभावितहरूलाई आवश्यक सहयोग गर्नुपर्ने जनाएका छन् । 

आजदेखि इडालिया आँधीको गति मत्थर हुदै जाने त्यहाँका मौसमविद्हरूले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १० : १४ बजे

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी