महादेवपोखरी कुण्ड र कालदहमा दर्शनार्थीको घुइँचो « Khabarhub

महादेवपोखरी कुण्ड र कालदहमा दर्शनार्थीको घुइँचो


१४ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै  मेला लागेको छ ।

रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनैपूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ ।

हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका भक्तजन आएका चाँगुनारायण-६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

महोदवपोखरीमा मेला भर्न यहाँ बुधबारदेखि नै भक्तजनको घुइँचो लागेको जनाउँदै यहाँको कुण्डमा स्नान गरी महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको उनले बताए ।

गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजाने यहाँ आउने पुरानो परम्परा रहेको बताउँदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आआफ्नो परम्पराअनुसार पूजा झाँकीसहित आएर मेला भरेको बताएका छन् ।

त्यसैगरी साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन आज बिहानैदेखि भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदह अर्थात् महादेव पोखरीमा मेला लागेको छ । जनैपूर्णिमाको दिनमा यस दहमा स्नान गरी महादेवको पूजा गर्न भक्तजनको बिहानैदेखि ठूलो घुइँचो लागेको हो ।

विशेषगरी स्थानीय नेवार समुदायका गोसाइँकुण्ड जान नसक्ने भक्तजन यस कालदहमा आई स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजनले नयाँ रक्षाबन्धन बाँध्ने गर्दछन् ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  १ : २४ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय