चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउछ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउछ : प्रदेश प्रमुख गुरुङ


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख  पृथ्वीमान गुुरुङले हाम्रा विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । जनै पूर्णिमाको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश रहेको बताउँदै उनले विभिन्न जाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गदै  आपसी सद्भाव प्रगाढ बनाएको बताए ।

यस्ता चाडपर्वले समुदायबीच सद्भाव कायम राख्दै साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकीकृत बनाउने र राष्ट्रिय एकतालाई अझ मजबुद बनाएको सन्देशमा उल्लेख छ । 

उत्साह र उमंगका साथ विभिन्न समुदायले खुशीयालीस्वरुप मनाउने यस पर्वले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको बताउँदै उनले मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने परम्परा रहेको उल्लेख गरे । 

तागाधारी समुदायले मात्रै नभइ यो पर्वलाई विभिन्न समुदायले धुमधामका साथ मनाउने र समुदायपिच्छे यसलाई फरक–फरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा रक्षाबन्धन भएकाले यसको अत्यन्त ठूलो महिमा रहेको सन्देशमा भनिएको छ । 

नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने र बौद्ध धर्मावलम्बीले आजको दिनलाई भगवान् गौतम बुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ३ : ५१ बजे

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी