विदेशीहरु हिचकिचाए, लगानी भित्रन सकेन : पूर्वअर्थमन्त्री शर्मा « Khabarhub

विदेशीहरु हिचकिचाए, लगानी भित्रन सकेन : पूर्वअर्थमन्त्री शर्मा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेपालमा जोखिमपूर्ण अवस्थामा लगानी गर्न विदेशीहरु हिचकिचाउने भएकाले गर्दा लगानी भित्रन नसकेको बताएका छन् ।

काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिका कारण विभिन्न देशले नेपालमा लगानी गरेको भन्दै लगानी प्रयासलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

शर्माले अर्थकुटनीतिक कमजोर हुँदा पनि लगानीमा समस्या देखिएको राज्यले यसमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा उनले दुई ठूला मुलुकको बीचमा रहेको नेपालमा लगानी र विकासको अथाह सम्भावना हुँदाहुँदै पनि स्रोतको परिचालन हुन नसकेको टिप्पणी गरे । उनले मुलुकको अर्थतन्त्रलाई विकास गर्न नेतृत्व गम्भीर बन्नुपर्ने बताए । स्रोत परिचालनका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको पनि उनले बताए ।

उनले सगरमाथा, लुम्बिनीजस्ता क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको र कैलाश मानसरोवर तीर्थयात्राका लागि हुम्लाको लिमीको नाका प्रयोग गर्नसके त्यसबाट पनि पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार हुने बताए । विदेश गएका नेपालीले ठूलो परिमाणमा रेमिट्यान्स पठाएपनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : ०५ बजे

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी