दूध र पानीमा स्वच्छता कायम हुने गरी काम गर्न उपप्रमुख डङ्गोलको निर्देशन | Khabarhub Khabarhub

दूध र पानीमा स्वच्छता कायम हुने गरी काम गर्न उपप्रमुख डङ्गोलको निर्देशन


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छन् ।

खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उनले कृषि तथा पशुपक्षी विभागका अधिकारीलाई नियमित अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिइन्। बजारबाट संकलन गरिएका नमूना परीक्षणका लागि कामपाले आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेकाले प्रभावकारी नमूनाको परीक्षणका लागि निर्देशन दिइएको उपप्रमुख डङ्गोलले बताइन् ।

‘हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री गर्नु हो । यसमा किसानदेखि व्यापारीहरू सबैको लाभ हुने व्यवस्था मिलाउनुपर्छ’, उनले भनिन्, ‘बजारलाई अस्वच्छ बनाउने र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँकतैबाट लापर्बाही गर्न पाइँदैन ।’

कामपा कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाले काठमाडौँमा बेचिने दूधको ७० प्रतिशत भार खुला बेचिने दूधले धानेकाले त्यसतर्फ निगरानी बढाउनुपर्नेमा जोड दिइन्। ‘खाद्य ऐन, २०२३ ले खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञापत्र लिनुपर्छ’, उनले भनिन्, ‘खुलारूपमा बेचिने खाद्य वस्तु दूषित न्यूनस्तरको हुनसक्ने कामपाको ठहर छ ।’

गत आइतबार कामपाले अखाद्य पेय पदार्थ बिक्री वितरण गरेको भन्दै पुतलीसडकमा रहेको कालिञ्चोक ट्रेडिङलाई रू एक लाख ५० हजार जरिवाना तिराएको थियो । उपप्रमुख डङ्गोलले कामपाले पछिल्लो समय बजार अनुगमनलाई नियमित र व्यवस्थित गरिरहेको बताइन् । उनका अनुसार महानगरले गत साउन २८ गते निर्णय गरेर पानीपुरी, चटपटेजलगायत खुलारूपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाएको थियो । 

माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थ, मासु पसल, दूध डेरी, तरकारी तथा फलफूलबाट चाँडो सङ्क्रमण फैलने भन्दै निगरानी बढाएको महानगरले जनाएको छ । कामपाले चालु आर्थिक वर्षमा अनुगमनलगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि रू ९२ करोड ६६ लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : १४ बजे

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त