केही दिन पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना | Khabarhub Khabarhub

केही दिन पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाअनुसार अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने छ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।      

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : २० बजे

हार्दिक र नताशाको डिभोर्स

काठमाडौं – भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता

सुर्खेत – जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्

साउदी अरेबियामा यस वर्ष १०० भन्दा बढीलाई मृत्युदण्ड

दुबई – साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई

सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान

काठमाडौं – सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं – ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ