आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी « Khabarhub

आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ललितपुर– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु हुने भएको छ । 

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।

एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले मेलाको सबै तयारी पूरा भएको बताए ।

प्रदर्शनीको सहआयोजकमा पुष्प विकास केन्द्र छ । साथै सहयोगी संस्थामा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, प्रायोजकमा सेवा कोकोपिट र बैंकिङ साझेदारमा कृषि विकास बैंक छ । 

प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ ।

प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । 

मेलामा टिकट नम्बरका आधारमा हरेक दिन लक्की ड्र पनि गरिनेछ । एसोसिएसनले २०५१ सालदेखि पुष्प मेला तथा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

हाल ४८ जिल्लामा लगभग दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् । 

पुष्प व्यवसायको कारोबार वार्षिक १० देखि १५ प्रतिशतले भइरहेकामा कोरोना महामारीका कारण असर पुगेको थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ३१ बजे

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन