टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा « Khabarhub

टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपालले पहिलो खेलमा हिजो सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो ।

यस्तै, मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपाल र मलेसियाले अहिलेसम्म ९ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा नेपालले आठ खेल जितेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

यसैबीच, समूह ‘ए’ अन्तर्गत ओमान र सिंगापुरबीचको खेल बिहान ९ बजे टीयू मैदानमा हुँदैछ भने समूह ‘बी’ अन्तर्गत हङकङ र बहराइन तथा संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबी मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ४९ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ