प्रिन्सिपल हत्याको विरोधमा मधेस प्रदेशका विद्यालयहरू बन्द « Khabarhub

प्रिन्सिपल हत्याको विरोधमा मधेस प्रदेशका विद्यालयहरू बन्द


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बारा– मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिइएको हो ।

बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।

सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको