गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको दाबी « Khabarhub

गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको दाबी


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल–हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ । इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक बमबारी सुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ नाबालिग परेका छन् । 

मृत्यु हुनेमा २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेकाके जारी विज्ञप्तिमा भनिएको छ। विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा बिजुली आपूर्तिको अभावका कारण मुस्किलले स्वास्थ्यकर्मीहरुले काम गरिरहेका जनाएको  छ।

अस्पताल, आश्रयस्थल, बेकरी, पानी प्रशोधन र पम्पिङ स्टेशन र ढल निकास प्रणालीका लागि विद्युत उत्पादन गर्न आवश्यक पर्ने स्ट्रिपमा इन्धनको ढुवानी पनि भएको नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १२ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको