महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता « Khabarhub

महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेट लगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् । उनीहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण  गरिसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : १० बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु