तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दो  | Khabarhub Khabarhub

तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दो 


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको छ । करिब दुई महिनाअघि देखि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन ।  

जिल्लामा हाल छ हजार चार सय ८४ डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ । 

व्यास नगरपालिकामा मात्रै पाँच हजार चार सय १५ डेङ्गु सङ्क्रमित रहेका छन् । व्यासको सबैभन्दा बढी व्यास–१ मा एक हजार चार सय ३०, वडा नं २ मा एक हजार तीन सय ४९, वडा नं ३ छ सय ३१, वडा नं ४ मा नौ सय ५४, वडा नं ५ मा दुई सय ५९, वडा नं ६ मा ९२ र वडा नं ७ मा ७४ जना रहेका हुन् । 

त्यसैगरी, वडा नं ८ मा १४, वडा नं ९ मा ७५, वडा नं १० मा एक सय ८२, वडा नं ११ मा एक सय ६३, वडा नं १२ मा ७०, वडा नं १३ मा ८४ र वडा नं १४ मा ३४ जना सङ्क्रमित रहेका छन् । 

सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको व्यास नगर स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए। उनका अनुसार ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको तथ्यांकमा उल्लेख छ । 

 जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४ र घिरिङ गाउँपालिकामा नौजना सङ्क्रमित भएका छन् । 

वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले घर वरिपरि पानी जम्न नदिने, सुत्दा झूल प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेजस्ता कुरामा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । 

डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : १६ बजे

सुन तस्करको नयाँ आविष्कार : अण्डरवेयरदेखि मलद्वारसम्म !

काठमाडौं- भनिन्छ, पुलिसभन्दा चोर सधैं एक कदम अगाडि हुन्छ ।

एलपिएल : घोडाघोडी सेमिफाइनलमा

कैलाली – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १०,

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले