इजराइल-हमास युद्धमा ३१ पत्रकार मारिए « Khabarhub

इजराइल-हमास युद्धमा ३१ पत्रकार मारिए


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

तेल अविव – अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी रहेका छन् । 

यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ । 

ती पत्रकारहरूमध्ये २६ जना गाजामा र तीमध्ये पनि अक्टोबर ७ मा इजराइलमा हमासको हमलाका क्रममा चार जना मारिएका थिए । हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो । 

‘सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ’, सीपीजेले भनेको छ ।

‘पत्रकारहरू सङ्कटको बेला महत्वपूर्ण काम गर्ने नागरिक हुन् र उनीहरूलाई युद्धरत पक्षहरूले निशाना बनाउन हुँदैन भन्नेमा सीपीजे जोड दिन्छ’”, सीपीजेको मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम संयोजक सेरिफ मन्सुरले भने ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : ५७ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर