नेपालगञ्जमा विद्युत् महसुल बक्यौता असुली अभियान « Khabarhub

नेपालगञ्जमा विद्युत् महसुल बक्यौता असुली अभियान


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा रु एक करोड ८० लाख ६८ हजार छ सय ७० बक्यौता असुली गरेको छ ।

 अभियानअन्तर्गत सोमबार रु दुई हजार पाँच सय ४७ ग्राहकबाट रु ८५ लाख ४१ हजार आठ सय ७० र आइतबार दुई हजार पाँच सय ७४ ग्राहबाट रु ९५ लाख २६ हजार आठ सय बक्यौता असुली भएको केन्द्रले जनाएको छ ।  

विद्युत बक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको रु १७ लाख ६० हजार रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी रु नौ लाख १२ हजार आठ सय  बक्यौता पनि असुली भएको थियो । 

त्यस्तै एक सय ६३ जनाको रु ११ लाख ८७ हजार चार सय ६० बक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर रु आठ लाख ७४ ६० बक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ । मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुषालले जानकारी दिए। 

प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर सङ्कलनको दोब्बर रकम सङ्कलन भएको बताइएको छ । त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट १२ लाख ३१ हजार ५०६ बक्यौता रहँदा एक सय चार जनाको लाइन काटिएको जनाएको छ । 

विद्युत् महसुल भुक्तानी गर्न  ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : ४० बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा