जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने « Khabarhub

जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

 सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसङ्घको भूमिकाबारे खुलेर छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसङ्घले चालेका कदमबारे जिज्ञासा राखेका थिए ।

जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसङ्घीय जलवायु परिवर्तन सहयोग कोष’ को पुनःसंरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए । त्यस्तै उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामा सहयोग गरिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको मार्गमा अघि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकता त्यसमै केन्द्रित रहेको बताए । महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवं अभियान परिपुरक भएको र नेपालले दिगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे ।

नेपालले ध्यानलाई अभियानका रुपमा राष्ट्रसंघसम्मै पुर्‍याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उपप्रधानमन्त्री श्रेष्ठले दिए।  

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : १६ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु