‘सिंघम अगेन’मा रणवीर सिंह | Khabarhub Khabarhub

‘सिंघम अगेन’मा रणवीर सिंह


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह रोहित सिट्टीको कप–युनिभर्स ‘सिंघम अगेन’मा देखिने भएका छन् । निर्माण कम्पनीले सोमबार पोस्टर सार्वजनिक गर्दै फिल्ममा रणवीरले सिम्बा पात्रको भूमिका निर्वाह गर्ने जनाएको छ ।

‘सिम्बा’को लुकमा ‘सिंघम ३’ को पोस्टर हेरेपछि फ्यान उत्साहित छन् । यो पोस्टरले दर्शकलाई मनोरञ्जन दिने देखिन्छ । पोस्टर सेयर गर्दै रणवीरले लेखेका छन्, ‘सबैभन्दा नटखट, सबैभन्दा अनौठो, आला रे आला, सिम्बा आला ।’

पोस्टर हेरेर फ्यानले कमेन्ट गरेका छन्, ‘हाम्रो सिम्बा कति राम्रो छ ।’ अर्का फ्यान लेख्छन्, ‘बाबा, आगो छ, आगो छ । अन्य भन्छन्, ‘फस्ट डे, फस्ट शो ।’

अजय देवगणले पनि पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो टोलीको सबैभन्दा नटखट अफिसर ।’ अजयको पोस्टमा फ्यानले कमेन्ट गर्दै सिम्बालाई हेर्न अधैर्य रहेको लेखेका छन् ।

रोहित शेट्टीले फिल्मको यो पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो सबै मनपर्ने सिम्बा आइपुगेको छ ।’ फिल्ममा अजयसहित दीपिका पादुकोण पनि देखिनेछिन् ।

रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ सन् २०२४ को अगस्ट १५ मा रिलिज हुनेछ । बलिउडको यो शक्तिशाली फिल्म साउथ स्टार अल्लु अर्जुनको ‘पुष्पा २’ सँग भिड्दैछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ४१ बजे

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको