भुक्तानी प्रणालीको स्थापना गर्न मध्य एसियाली मुलुकलाई भारतले गर्‍यो प्रस्ताव « Khabarhub

भुक्तानी प्रणालीको स्थापना गर्न मध्य एसियाली मुलुकलाई भारतले गर्‍यो प्रस्ताव


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले भुक्तानी प्रणाली स्थापना गर्नका लागि सहकार्य गर्ने विषयमा मध्य एसियाली मुलुकहरुसमक्ष प्रस्ताव पेश गरेको छ । भारत–मध्य एसियाली राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको दोस्रो बैठकका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले यस्तो प्रस्ताव गरेका हुन् ।

कखाजस्तानमा भएको उक्त बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार दोभालले हरेक मुलुकको आवश्यकता अनुसार सार्वभौम, डिजिटल ‘रियल टाइम’ भुक्तानी प्रणालीको विषय अघि सारेको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनले यसबाट भारत र मध्य एसियाली मुलुकहरुबीच व्यापारिक सम्बन्ध विस्तार हुने भन्दै भुक्तानी प्रणालीको विकास भएमा भारतमा स्वास्थ्य उपचारका लागि भारत जाने मध्य एसियाली मुलुकका नागरिकलाई सहज हुने बताए ।

त्यसबाहेक मध्य एसियाली मुलुकहरुमा रहेका भारतीय व्यवसायी तथा विद्यार्थीलाई पनि सहयोग पुग्ने उनले बताए । उक्त बैठकमा आतंकवादको जोखिमबारे पनि छलफल भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ५३ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक