पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष बद्री केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

उनीहरूविरुद्ध नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजरी दिएका हुन्।

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको शर्माले आरोप लगाएका छन् । कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ। उनी अहिले अस्पतालमा उपचाररत छन् ।

एनआरएनएको भर्खरै सम्पन्न महाधिवेशनको विवाद जारी छ । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति समेत गठन गरेको छ ।

मौखिक उजुरी आएको भन्दै प्रहरीले भोलि कार्यालयको सीसीटीभी हेरेर अनुसन्धान थाल्ने जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ५३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण