पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष बद्री केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

उनीहरूविरुद्ध नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजरी दिएका हुन्।

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको शर्माले आरोप लगाएका छन् । कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ। उनी अहिले अस्पतालमा उपचाररत छन् ।

एनआरएनएको भर्खरै सम्पन्न महाधिवेशनको विवाद जारी छ । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति समेत गठन गरेको छ ।

मौखिक उजुरी आएको भन्दै प्रहरीले भोलि कार्यालयको सीसीटीभी हेरेर अनुसन्धान थाल्ने जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ५३ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली