पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी | Khabarhub Khabarhub

पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष बद्री केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

उनीहरूविरुद्ध नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजरी दिएका हुन्।

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको शर्माले आरोप लगाएका छन् । कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ। उनी अहिले अस्पतालमा उपचाररत छन् ।

एनआरएनएको भर्खरै सम्पन्न महाधिवेशनको विवाद जारी छ । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति समेत गठन गरेको छ ।

मौखिक उजुरी आएको भन्दै प्रहरीले भोलि कार्यालयको सीसीटीभी हेरेर अनुसन्धान थाल्ने जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ५३ बजे

प्रधानमन्त्री पुगे अबुधाबीस्थित नेपाली रादूतावास, सेवा प्रवाह चुस्त बनाउन निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूएईको अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण

नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि

हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो

काठमाडौँ- हमास र इजरायलबीच कायम युद्धविराम एक दिन लम्बिएको छ

मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बाग्लुङ कांग्रेसका क्षेत्रीय सभापति पक्राउ

बागलुङ- मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बागलुङका नेपाली कांग्रेसका

नेकपा एसले डाक्यो केन्द्रीय सचिवालय बैठक

काठमाडौं- नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ