चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ « Khabarhub

चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले सरकारी कर्मचारी तथा राज्य सञ्चालित कम्पनीका कामदारहरुको विदेश भ्रमणमा कडाइ गरेको छ । विदेशी प्रभावविरुद्धको अभियानका क्रममा चीनले आफ्ना कर्मचारीहरुको विदेश भ्रमणमा कडाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनका १० वर्तमान एवम् अवकाशप्राप्त कर्मचारीले रोयटर्सलाई बताएअनुसार सन् २०२१ यता यस्तो कदम चालिएको हो । यसअनुसार केही कर्मचारीहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ भने केही कर्मचारीहरुको भ्रमण समयलाई पनि सीमित बनाइएको छ । त्यसबाहेक विदेश भ्रमणको स्वीकृतिमा पनि कडाइ गरिएको छ ।

कोरोना भाइरसको महामारीका बेला चीनले बन्द गरेको सीमा खुलेपनि सरकारी कर्मचारीको विदेश भ्रमण गरिएको कडाइ भने उस्तै रहेको रोयटर्सले जनाएको छ ।

गत दुई वर्षमा चीनका ८ सरकारी निकायहरुले कर्मचारीको विदेश भ्रमणसम्बन्धी कानूनलाई थप मजबुत पार्ने घोषणा गरेका थिए । यद्यपि ती सरकारी निकायहरुले कुन कानूनमा के कस्ता परिवर्तन गरिनेछन् भन्नेबारे केही विवरण सार्वजनिक नगरेको रोयटर्सले उल्लेख गरेको छ ।

चिनियाँ कदमले पश्चिमा मुलुकसँग सम्बन्ध खराब हुँदै गएको अवस्थामा राष्ट्रपति सी जिन्पिङले राष्ट्रिय सुरक्षामा ध्यान केन्द्रित गरिरहेको दर्शाउने विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : ०५ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु