एकसाथ देखिँदै रजनीकान्त र अमिताभ बच्चन « Khabarhub

एकसाथ देखिँदै रजनीकान्त र अमिताभ बच्चन


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – तमिल तथा हिन्दी फिल्मका अभिनेता रजनीकान्त आफ्नो करियरको १७० औँ फिल्मको सुटिङमा यति बेला व्यस्त छन् । थलाइवर १७० को मुम्बईमा गर्नु पर्ने सुटिङ पूरा भएको छ ।

प्रडक्शन कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एउटा फोटो शेयर गरेर मुम्बई शेड्युल सकिएको बताएको छ । फोटोमा अमिताभ बच्चन र रजनीकान्तसँगै छन् ।

लामो समयदेखि फ्यानहरू यो फिल्मको प्रतीक्षामा थिए । यो फिल्ममा ३३ वर्षपछि पहिलो पटक अभिताभ बच्चन र रजनीकान्त साथसाथै देखिँदै छन् ।

प्रडक्शन कम्पनी लाइका प्रडक्शनले आइतबार आफ्नो ट्विटर ह्यान्डलमा बिग बि र रजनीकान्तको एउटा तस्बिर पोष्ट गरेको थियो । पोस्टमा लेखिएको थियो, ‘जब सुपरस्टार र शहंशाह थलाइवर १७० को सेटमा भेटे । ३३ वर्षपछि स्क्रिनमा पुनः मिलन । मुम्बई शेड्यूल सकियो ।’

केही दिन अघि रजनीकान्तले पनि एउटा फोटो शेयर गर्दै ‘३३ वर्षपछि आफ्ना गुरु अभिताभ बच्चनसँग काम गर्दै छु । मेरो मुटु खुसीले धकधक गरिरहेको छ,’ भन्दै लेखेका थिए । अहिलेसम्म बिग बि र रजनीकान्त तीन ओटा फिल्ममा मात्रै सँगै देखिएका छन् ।

पहिलो फिल्म अंधा कानून १९८३ मा रिलिज भएको थियो । दोस्रो फिल्म १९८५ को गिरफ्तार थियो । यस अघि अन्तिम पटक दुबैले १९९१ मा आएको फिल्म हममा स्क्रिन शेयर गरेका थिए । हम त्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।

थलाइवर १७० रजनीकान्तको करियरको १७० औँ फिल्म हो । रजनीकान्तको १७० औँ फिल्म भएकोले फिल्मको शीर्षकमै १७० राखिएको हो । यो फिल्म सन् २०२४ मा रिलिज हुने आशा गरिएको छ । खबरहरूका अनुसार रजनीकान्त प्रहरी अधिकारीको भूमिकामा छन् । यो फिल्ममा बिग बि भने निगेटिभ भूमिकामा देखिँदै छन् ।

पछिल्लो पटक रजनीकान्तको फिल्म जेलर आएको थियो । यो फिल्मले संसारभरमा ६ अर्ब ५० करोड रुपयाँ कमाएको थियो । जेलर यो वर्ष तमिल सिनेमाको सबैभन्दा धेरै ओपनिङवाला फिल्म थियो । शुरुकै दिनमा फिल्मले ४४ करोड ५० करोड भारु कमाएको थियो । यो फिल्ममा ज्याकी श्राफ, तमन्ना भाटिया आदि लिड रोलमा थिए ।

स्रोत : एएनआई

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : १५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह