सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसारेको गाडी दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज दिउँसो कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी छ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये दुई जनाको मुत्यु भएको हो ।

मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने वर्ष ५० को शिवविक्रम केसी रहेका छन् । दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी बेथानचोक गाउँपालिका–२ का वर्ष ४५ का शारदा तिमल्सिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको, घाँटी र दुवै हात खुट्टामा चोट लागेको छ । घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : २६ बजे

कांग्रेस-एमाले गठबन्धनविरुद्ध मधेसमा मोर्चाबन्दी

जनकपुरधाम- नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धनसँगै संविधान संशोधनको

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

काठमाडौं– अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा

मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाडौं- आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । आज

 पहिराले साँफे-मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको