सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसारेको गाडी दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज दिउँसो कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी छ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये दुई जनाको मुत्यु भएको हो ।

मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने वर्ष ५० को शिवविक्रम केसी रहेका छन् । दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी बेथानचोक गाउँपालिका–२ का वर्ष ४५ का शारदा तिमल्सिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको, घाँटी र दुवै हात खुट्टामा चोट लागेको छ । घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : २६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु