इंग्लिस प्रिमियर लिग : नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध « Khabarhub

इंग्लिस प्रिमियर लिग : नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । शनिबार भएको खेलमा म्यानचेस्टर नटिङघमसँग २–१ गोलले स्तब्ध बनेको हो ।

नटिङघमको जितमा निकोलश डोमिनगुयज र मोर्गान गिब्सले एक–एक गोल गरेका थिए भने युनाइटेडका मोर्कोस राशफोर्डले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहति बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६४ औँ मिनेटमा डोमिनगुयजले गोल गर्दै नटिङघमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७८औँ मिनेटमा म्यानचेस्टरका रासफोर्डले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि मोर्गन गिब्स ह्वाइटले ८२ औँ मिनेटमा गरेको गोलसँगै नटिङघम विजयी भयो ।

यो खेलपछि २० खेलबाट २० अंक जोडेको नटिङघम १५औँ स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर युनाइटेड ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । जारी लिगमा युनाइटेडको यो नवौँ हार हो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ११ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल