मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित « Khabarhub

मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्चीमा आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा हिजो भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्सरे, छालासम्बन्धी रोग, फिजियोथेरापीसहितका सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताए । उनले आयुर्वेद पद्धतिबाट उपचार गर्दा ‘साइड इफेक्ट’ नहुने र यो उपचार पद्धति भरपर्दो भएको बताए ।

आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजनाअनुसार काम गरिरहेको उल्लेख गरे । उनले भने, ‘आयुर्वेदको विकास गर्नसके धेरै रोगबाट मुक्त हुन सकिन्छ ।’

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्धतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या भएको बताए ।

पेटसम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउँदै डा. यादवले आयुर्वेद पद्धतिबाट हुने उपचारले पेटसम्बन्धी रोग निको हुने दाबी गरे ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : २१ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले