साउदी प्रो लिग : अल तावौनमाथि अल नासरको फराकिलो जित « Khabarhub

साउदी प्रो लिग : अल तावौनमाथि अल नासरको फराकिलो जित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग अन्तर्गत अल नासरले अल तावौनलाई फराकिलो अन्तरले हराएको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल तावौनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

१–० गोलले पछि परेको अल नासरले खेलमा कमब्याक गर्दै फराकिलो जित हासिल गरेको थियो ।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिक आइमेरिक लापोर्टे, ओटाभियो र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए । रोनाल्डोको यो गोलसँगै उनले सन् २०२३ मा ५४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै अल तावौनका लागि खेलको १३औँ मिनेटमा आसरफ एल माहडीओउइले गो गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यो जितपछि अल नासर १९ खेलबाट ४६ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेका अल नासरको ५३ अंक छ । ३४ अंक रहेको अल तावौन चौथो स्थानमा छ । 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : २० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा