एक वर्षमा २५०० करोड कमाउने पहिलो बलिउड अभिनेता बने शाहरुख « Khabarhub

एक वर्षमा २५०० करोड कमाउने पहिलो बलिउड अभिनेता बने शाहरुख


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज सन् २०२३ को अन्तिम दिन हो । बलिउडमा यो वर्ष पूराना कलाकारको फिल्म नै हाबी भएको देखियो । शाहरुख खान, सलमान खान, सनी देवल, रणवीर कपुरले यो वर्ष बलिउडमा आफ्नो दबदबा कायमै राखे ।

पाँच वर्षपछि अभिनयमा कमब्याक गरेका शाहरुखले तीन फिल्ममा अभिनय गरे । दुई फिल्म १ हजार क्लबमा प्रवेश गरे भने डंकी प्रदर्शनरत छ । यस फिल्मको पनि व्यापार निराशजनक छैन ।

सनी देवलको ‘गदर–२’ पनि पाँच सय करोडका प्रवेश गरेको फिल्म हो । रणवीरको ‘एनिमल’ ले पनि धेरै रेकर्ड ब्रेक गर्दै सबैभन्दा कम समयमा पाँच सय करोड प्रवेश गर्ने दोस्रो फिल्म बन्यो । अर्थात् बलिउडमा यो वर्ष चर्चामा शाहरुख, सनी र रणवीरकै फिल्म रहे ।

२५०० करोड कमायो शाहरुखको फिल्मले

पाँच वर्षपछि अभिनयमा फर्किएका शाहरुख ‘जवान’ सबैभन्दा कम दिन १३ दिनमा ५०० करोड क्लबका प्रवेश गर्‍यो । त्यस्तै, यो वर्ष सबैभन्दा बढी ११ सय करोडको व्यापार यही फिल्मले गर्‍यो ।

ट्रेड एक्पर्ट रमेश बालाका अनुसार शाहरुखको यो वर्ष प्रदर्शनमा आएको पहिलो फिल्म ‘पठान’ ले १ हजार करोडको व्यापार गरेको छ । त्यस्तै, प्रदर्शनरत ‘डंकी’ सहित शाहरुखका तीन फिल्मले यो वर्ष २५०० करोडको व्यापार गरका छन् ।

बालाका अनुसार शाहरुख एक वर्षभित्रै यो आंकडा पार गर्ने पहिलो बलिउड अभिनेता हुन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ४३ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको