समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार प्रयासरत छ :  प्रधानमन्त्री प्रचण्ड « Khabarhub

समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार प्रयासरत छ :  प्रधानमन्त्री प्रचण्ड


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान चुनौतीहरूको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

आइतबार तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अक्षुण एकता, सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय विशेषतालाई आत्मसाथ गर्दै देशमा विद्यमान चुनौतीहरूको सम्बोधनका साथ समुन्नतिको राष्ट्रिय आकांक्षाका लागि निरन्तर प्रयासरत रहेको बताएका हुन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु सरकारको राष्ट्रिय कार्यभार भएको उनले बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने धारणा धारणा राखे ।

उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको जिकिर गरे ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ४५ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार