ऋतिकको डेब्यूले राखेको त्यो विश्व रेकर्ड ! « Khabarhub

ऋतिकको डेब्यूले राखेको त्यो विश्व रेकर्ड !


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले बलिउडमा ‘स्टार किड’ को चर्चा छ भन्दा पनि फरक पर्दैन । अहिले सलमान खान, ऋतिक रोशन, रणवीर कपुर, आलिया भट्ट, अनन्या पाण्डेयालगायतको वरिपरी बलिउड घुमेको छ ।

सन् २०२३ को कुरा गर्ने हो भने शाहरुख खानकी छोरी सुहानालगायत तीन स्टार किडले फिल्म ‘अर्चिज’ बाट डेब्यू गरे । यस फिल्मबाट डेब्यू गर्ने अर्का दुई स्टार किड हुन्– अमिताभ बच्चनका नाति अगस्तय नंदा र नायिका श्रीदेवीको छोरी खुशी कपुर ।

अभिनयमा दख्खल नभए पनि स्टार किडहरुले फिल्मका अफर पाइरहेका हुन्छन् । कोही कलाकारितामै स्थापित हुन्छन् भने केही आएको थाहा हुन्छ फिल्मबाट टाढिएको वास्तै हुँदैन । रणवीर, आलिया, ऋतिक भने आफूलाई कलाकारका रुपमा प्रमाणित गरिसकेका स्टार किड हुन् ।

यद्यपि स्टार किडका लागि बलिउडमा डेब्यू चुट्कीको कुरा जस्तै देखिन्छ । उनीहरुले बलिउडलाई नै भविष्य बनाउने भन्ने कुराचाहिँ अभिनय क्षमताले नै निर्धारण भएको पाइन्छ ।

स्टार किडको सफल डेब्यू

ऋतिक रोशनका बुबा राकेश फिल्म निर्माता र निर्देशक हुन् । ऋतिकले आफ्नै बुबाको निर्देशन रहेको फिल्म ‘कहो ना… प्यार है’बाट सन् २००० मा बलिउडमा डेब्यू गरेका हुन् ।

भारतीय सञ्चार माध्ययम एनडीटीभीका अनुसार ऋतिकको यो फिल्मले सबैभन्दा बढी ९२ वटा अवार्ड जितेर सन् २००२ मा विश्व रकर्डसमेत बनाएको थियो ।

ऋतिकको यो डेब्यू फिल्म त्यस वर्षको सबैभन्दा बढी व्यापार गर्ने फिल्म थियो । दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । सोही कारण ऋतिकको डेब्यूलाई बलिउडमा सबैभन्दा सफल मानिन्छ ।

यही फिल्मबाट ऋतिकको दर्शकको मन मात्रै जितेनन् उनले ‘बेस्ट डेब्यू’ र ‘बेस्ट एक्टर’को अवार्ड समेत जिते ।

ऋतिकको यो फिल्मले अमिर खान अभिनित २००१ मा सुपरहिट फिल्म ‘लगान’ को भन्दा ४३ वटा बढी अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : ३४ बजे

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको