भेडेटारमा खाना महोत्सव सुरु | Khabarhub Khabarhub

भेडेटारमा खाना महोत्सव सुरु


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनकुटा- अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११औँ खाना महोत्सव आजदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ । कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको शुभारम्भ गर्दै यस्ता महोत्सवले प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्तः गरे ।

महोत्सवमा स्थानीय खाना, अग्र्यानिक खेतीबाट उत्पादित सागसब्जी, फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीको २५ कक्ष छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएका छन् ।

महोत्सवमा रु एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । भेडेटारका होटलमा महोत्सव अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक समितिका सचिव लालबहादुर श्रेष्ठ (रमेश) ले जानकारी दिए ।

हरेक वर्षझैँ महोत्सवमा भारतको विहारलगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन् । उनीहरुले स्थानीय स्तरमा उत्पादित खानपान र परिकारका स्वाद लिन पाउनेछन् । साथै पर्यटकहरुले साँगुरीगढी, पाथीभरा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना, ध्वजेडाँडा शूलीकोट, मोरङे राजाको दरबार, खिबेकलुङलगायत स्थान घुम्न र जिपलाइन, प्याराग्लाइडिङलगायत साहसिक खेलको आनन्द लिनसक्नेछन् ।

भेडेटारमा जाडोमा दैनिक दुई हजारसम्म र गर्मीमा सात हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको होटल एसोसिएसन भेडेटारको तथ्याङ्क छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : १५ बजे

काठमाडाैंको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा

काठमाडौं – नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा

विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता

मनसुनको एक महिना : बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी

काठमाडौं – नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद्

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं – गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन

मध्य गाजामा इजराइली हवाई आक्रमण, १३ प्यालेस्टिनीको मृत्यु

गाजा – मध्य गाजा पट्टीको नुसेरत शरणार्थी शिविरमा रहेको इजराइली