हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह « Khabarhub

हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई निर्देशन दिएका छन् ।

मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे । उनले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

सो अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले प्राधिकरणले २५ वर्षको यात्राबाट पाठ सिक्दै हातेमालो गरेर भविष्यका योजनामा केन्द्रित हुन आग्रह गरिन् । मन्त्रालयका सचिव डा दीपक काफ्लेले वार्षिक नीति र कार्यक्रममलाई दृढतापूर्वक कार्यान्वयन गरी लक्ष्य हासिल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपालका प्रथम ‘एयर ट्राफिक कन्ट्रोलर’ नारायणबहादुर सिंहलाई मरणोपरान्त सम्मान प्रदान गरियो भने रु एक लाख राशिको यस वर्षको ‘प्राधिकरण सेवा पुरस्कार’ निर्देशक राजु श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै रु २० हजार राशिको उत्कृष्ट कर्मचारी पुरस्कार उपनिर्देशक प्रभा शर्मा, प्रबन्धक ऋषि पौडेल, दिप्ता ढुङ्गाना पौडेल, द्वारिकाप्रसाद भट्टराई र विपिन बज्राचार्यलाई प्रदान गरियो । समारोहमा प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले हवाइ सुरक्षाका लागि प्राधिकरणले सक्दो प्रयास गरिरहेको जनाए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ४५ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको