‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’ « Khabarhub

‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पछिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट सञ्चालित  सहकारीमा धेरै समस्या देखिएको बताए ।

उनले भने, “पछिल्लो समय पारिवारिक सहकारीका कारण समस्या देखिएको हो, यस्ता सहकारीलाई राज्यले नीति र विधिभित्र ल्याउनुपर्दछ । एउटा सहकारीको समस्यालाई देखाएर सबै सहकारी उस्तै हुन् भन्ने बुझाइलाई अन्त्य गरिनुपर्छ । साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारीले नमूना प्रदर्शन गरेको छ । यसबाट अन्य सहकारीले सिक्नुपर्छ ।”

पूर्वमन्त्रीसमेत रहेका सांसद श्रेष्ठले अर्थतन्त्रको तीन खम्बामध्येको एक सहकारीलाई प्रवद्र्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लिमिटेडका अध्यक्ष रामनारायण घिमिरेले आव २०७९–८० को वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरे । उनले भने, “उत्पादन क्षेत्रमा लगानी भइरहेका कारण संस्थामा जोखिम आएको छैन, आउन दिँदैनौँ । साधारण सदस्यको पुँजी, सदस्यकै हितमा परिचालन भइराखेको छ ।”

चन्द्रागिरि नगरपालिकाभित्र एक सय ७० वित्तीय संस्था छन् । तीमध्ये देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड अब्बल मानिन्छ । कार्यक्रममा चन्दागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले भने, “सहकारीले बचत कर्ता, बचतकर्ताले सहकारी नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखियो । समस्या हटाउन सामूहिक प्रयासको खाँचो छ । आफूले बचत गरेको सहकारीले कहाँ कसरी लगानी गरिरहेको छ, यसबारेमा बचतकर्ता चनाखो हुनुपर्छ ।”

समाजसेवी देवेन्द्र प्रधानले एकाध सहकारी संस्थाका सञ्चालक समितिको गलत निर्णयको दोष समग्र सहकारीले भोग्न परिरहेको उल्लेख गर्दै सहकारीले बचतकर्ताको चासोलाई समयमै सम्बोधन गर्नुपर्ने बताए । काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ (कास्कुन) का अध्यक्ष दीपक पनेरुले सहकारीलाई भजाएर राजनीति गर्दा सहकारी क्षेत्र नै बदनाम हुन पुगेको गुनासो गरे । उनले भने, “७५ लाखभन्दा बढी सर्वसाधारण जनता आबद्ध रहेको सहकारी क्षेत्रमा निराशा आउनु दिनुहुँदैन । यस क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गरिनुपर्छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ५० बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर