माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति « Khabarhub

माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चितवन- देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो । समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार उपसमिति गठन गरी संयोजक तोक्ने काम सम्पन्न भइसकेको र कार्य विभाजनअनुसार काम सुरु भएको छ ।

समितिले तीन जिल्लाका सुरक्षा निकाय प्रमुखसँग पहिलो चरणको छलफल गरिसकेको छ । विशेष गरी चितवन हुँदै आउने भक्तजनको चाप बढी हुने भएकाले सो क्षेत्रमा व्यवस्थापनको कामलाई तीव्र पारिएको हो । मेलामा हुनसक्ने आकस्मिक दुर्घटनालाई रोक्नका लागि नदीको गहिराइ पहिचान गरी क्षेत्र निर्धारण गर्ने, भक्तजनलाई स्नानपछि कपडा परिवर्तनका लागि ‘चेन्जिङ रुम’ को निर्माण गर्ने, अस्थायी शौचालय निर्माण, घुम्ती शौचालयको व्यवस्थापन, डुङ्गा व्यवस्थापन, टेलिकमका टावर व्यवस्थापनलगायत कामका लागि समन्वय भइरहेको उनले बताए ।

देवघाट स्नान गर्न आउने भक्तजनलाई झोलुङ्गे पुलको विकल्पमा कालीगण्डकी पुल, ठिमुरा र दासढुङ्गा पुलको प्रयोग गर्न उनले आग्रह गरे । उनले भने, “झोलुङ्गे पुल पुरानो भएकाले जीर्ण भएको अनुमान गरिएको छ, त्यसैले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।” अघिल्लो वर्षको तुलनामा भक्तजन बढ्ने आँकलन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष तीन लाख ५० हजार भक्तजनले देवघाटमा स्नान गरेका थिए भने यस वर्ष पाँच लाखले स्नान गर्ने अनुमान गरिएको छ । भक्तजनको चापअनुसार समितिले एक सय ५० स्वयंसेवक परिचालन गर्न लागिएको उनले बताए । टाढाबाट आएका सवारीसाधनलाई पार्किङ लागि छुट्टै व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : १६ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन