नाइजरमा भएको आक्रमणमा ११ गाउँलेको मृत्यु | Khabarhub Khabarhub

नाइजरमा भएको आक्रमणमा ११ गाउँलेको मृत्यु


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नियमे- बुर्किना फासोसँग सीमा जोडिएको नाइजरका दुई गाउँमा संदिग्ध जिहादीहरूले सप्ताहन्तमा गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार बताएको छ ।

“धेरै मोटरसाइकलमा आएका आतङ्कवादीहरू बैंकिलारेबाट करिब ३० किलोमिटर दक्षिणपूर्वी आमरा र आउडजी गाउँमा प्रवेश गरेका थिए, त्यहाँ उनीहरूले शान्तिपूर्ण नागरिकहरूमाथि आक्रमण गरी ११ जनाको हत्या गरे”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ । निजेरियन रक्षा तथा सुरक्षा बलहरूले शुक्रबार ‘बहु हवाई–स्थल आक्रमणहरू’ गरेपछि यो घटना भएको हो ।

सुरक्षा बलको आक्रमणपछि मन्त्रालयले यसबाट आतङ्कवादीहरूको सञ्चार च्यानल ‘केही पनि नरहेको’ बताएको थियो । गस्तीको गाडी नियामेदेखि ७० किलोमिटर टाढा ओरो गुएलाडजोमा एउटा खानीमा ठोक्किँदा शुक्रबार एक सैनिकको मृत्यु र पाँच जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ । नाइजरमा सैन्य विद्रोहपछि जुलाईदेखि सेनाले शासन गर्दै आएको छ ।

डिसेम्बर १७ मा सैन्य विद्रोहका नेता तथा शासक जनरल अब्दुरहामाने तियानीले मुलुकको सुरक्षा स्थिति ‘प्रगतिशीलरूपमा सामान्य’ भइरहेको भन्दै शान्ति व्यवस्था कायम गर्न सेनाले ‘धेरै सफलता’ हासिल गरेको बताएका थिए । सैन्य तथा स्थानीय स्रोतहरूका अनुसार पछिल्ला केही सातामा बुर्किना फासो र मालीको सीमासँग जोडिएका क्षेत्रमा अपेक्षाकृत शान्ति देखिएको छ ।

यी क्षेत्रमा यसअघि बारम्बार जिहादी आक्रमणको खतरा थियो । अक्टोबरमा बुर्किना फासोको सीमा नजिकै जिहादीहरूसँग भएको झडपमा छ सैनिक मारिएका थिए । सोही महिना पश्चिमी नाइजरमा भएको एक हमलामा २९ सैनिक मारिएका थिए । यो सैनिक विद्रोहपछिको सबैभन्दा घातक हमला थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : २९ बजे

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा

प्रधानमन्त्रीलाई भीमार्जुनको सुझाव : दुईतिहाइ पाउनु भयो, अब काठमाडौंदेखि दाउन्नेसम्म गाडीमा जानुस्

काठमाडौं- पछिल्लो समय देशका राजमार्गहरूको दूरावस्थाले सर्वसाधरणले भोग्नुपरेको सास्ती बर्णन

अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रे– वर्षाले पहिरो जाँदा गएरातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुलेको

चितवन राष्ट्रिय निकुञ्जमा ७६ जनावर मरे, २२२ वटाको उद्धार

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०–८१ मा पन्ध्र

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग